काठमाडौं, १२ मंसिर । चिसोका कारण जाजरकोट बारेकोट गाउँपालिका– ७ सुवाकोटका ६५ वर्षीय बृद्धले ज्यान गुमाएका छन् ।
त्रिपालमा बस्दै आएको ६५ वर्षीय हरियो दमाइको आज (मंगलबार) निधन भएको हो । चिसोका कारण उनीमा स्वासप्रश्वास र ज्वरोको समस्या देखिएको थियो ।
दमाईको मृत्युसँग भूकम्पपछि चिसोका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्रिपालमुनिको बासका कारण बृद्ध, बृद्धा, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी बढि प्रभावित भएका छन् ।