Logo

विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरेर राज्यलाई बुझाउने आजपाको घोषणा (निर्णयसहित)



काठमाडौं, १२ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले विदेश अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोले बद्री प्रसाद न्यौपानेलाई निर्दोष सावित नहुँदासम्मको लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।

पार्टीको यही मंसिर ११ र १२ गते बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिएका छन् । यस्तै, पार्टीले विभिन्न संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।

जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान सञ्चालन गर्ने, विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने, गौर हत्याकाण्डलगायतका हत्याराहरुलाई समातेर बुझाउने घोषणा गरेको छ ।

यस्तै, बैठकले जनसरोकारका विभिन्न मुद्दाहरुमा पार्टीका विभिन्न जनसंगठनहरुलाई संघर्ष अघि बढाउनेगरि जिम्मेवारी पनि तोकेको छ । भन्सारको विषयमा आम सम्पर्क मञ्च, वैदेशिक रोजगार पीडितको विषयमा आईटी आर्मी, बैंकिङ लुट तथा कर्जाको विषयमा आम किसान मोर्चा, आवासको विषयमा आम दलित मोर्चा, मदरसा शिक्षाको विषयमा आम मुस्लिम मोर्चा र यातायात भाडा सहुलियताको विषयमा आम विद्यार्थी मोर्चालाई जिम्मेवारी तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्