काठमाडौं, १३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन विस्तार तथा अभिमुखीकरण अभियान जारी रहेको बताएको छ । गत भदौदेखि तीन महिने अभियान थालेको जसपाले उक्त अभियान जारी रहेको बताएको छ ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले उक्त अवधिमा अभियानले लिएको सांगठनिक कार्य पूरा नभएका कारण अभियान जारी राखिएको बताएका छन् ।
प्रचार विभाग बस्नेतका अनुसार अभियानको अवधिमा प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति गठन, पुनर्गठन र प्रशिक्षणका कार्यहरु गरिएका छन् । यस अवधिमा केही प्रदेशमा प्रशिक्षण कार्यहरु गरिने छ भने केही जिल्ला समिति, पालिका समिति र केही भ्रातृ संगठनका पुनर्गठन कार्य हुने बताइएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव उपत्यकाबाहिर रहेको र उनी काठमाडौं फर्किएलगत्तै पार्टीको बैठक र अभियानबारे थप निर्णय हुने प्रमुख बस्नेतले बताए ।