Logo

भूकम्प प्रभावितलाई प्रमुख आयुक्त र आयुक्तहरूले सात दिनको पारिश्रमिक दिने



काठमाडौं, १३ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले भूकम्प प्रभावितहरुलाई सात दिनको पारिश्रमिक दिने भएका छन् ।

आज (बुधबार) बसेको आयोगको बैठकले सात दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट तीन दिन, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको जानकारी दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्