काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला कार्यसमिति विस्तार भएको छ । नेविसंघ काठमाडौँका अध्यक्ष अंशुल केसीले बुधबार नेपाल विद्यार्थी संघ २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम नेविसंघ काठमाडौँ जिल्ला कार्यसमिति विस्तार गरेका हुन् । अध्यक्ष केसीले १२ जना उपाध्यक्ष, तीन जना सचिव, १४ जना सहसचिव र एक जना कोषाध्यक्षसहित १४८ सदस्यीय कार्यसमितिमा मनोनीत गरेका छन् ।
कार्यसमिति सदस्य सबै भूगोल समेटेर बनाउने क्रममा ठूलो आकार भएको अध्यक्ष केसीले रिपोर्टर्स नेपाल डटकमलाई बताए । । काठमाडौँभित्र फरक भूगोल, समुदाय र क्रियाशील विद्यार्थीहरु समेटिएको छ । जिल्ला कमिटी विस्तार नेपाली कांग्रेस काठमाडौँ जिल्ला पार्टी कार्यालयमा भएको थियो ।