बाँके, मंसिर १४ । कोहलपुर नगरपालिका वडा नं.३ आगलागी भएको छ । मदनचोक स्थित तारा योगीको घरमा गएरात्री करिब १२ बजे आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
योगीको घरमा कपडा, कस्मेटिक, किराना र स्टेशनरी गरी चार वटा पसलहरू सञ्चालनमा थिए । उक्त पसलहरूमा आगलागी भएको मदनचोक स्थानीय लिला पाण्डेले जानकारी दिए ।
नेपालगन्ज र बर्दिया बाँसगढीबाट झण्डै डेढ घण्टा पछि आएको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको बताइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।