काठमाडौं,१४ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ ।
नेकपा एसले मंसिर १८ गते बिहान ११ बजेका लागि बैठक डाकिएको हो । उक्त सचिवालय बैठकमा आगामी महाधिवेशनका बारेमा छफल हुनेछ ।
एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
तर,सरकारले माघ ११ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन मिति तोकेपछि समाजवादीको महाधिवेशन प्रभावित हुन सक्ने देखिएको छ । १८ गतेको बैठकले महाधिवेशन सार्ने नसार्ने विषयमा निर्णय हुनेछ ।