Logo

जाजरकोटमा नेविसंघले निर्माण गरेको छ कोठे अस्थायी भवन विद्यालयलाई हस्तान्तरण



काठमाडौं, १४ मंसिर । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले जाजरकोटको श्री भेरी त्रिवेणी माध्यमिक विद्यालयको छ कोठे अस्थायी भवन निर्माण गरेको छ । नेविसंघले उक्त विद्यालयलाई अस्थायी भवन निर्माण गरी हस्तान्तरणसमेत गरिसकेको छ ।

गत कार्तिक १७ गते गएको विनासकारी भूकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षति पुगेको थियो । जसका कारण त्यहाँका ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ्ग शेर्पाले आज एक कार्यक्रमका बीच छ कोठे अस्थायी भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नेविसंघले दुईवटा विद्यालय पूर्ण रुपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सुचारु गर्नका लागि थप दुइ अस्थायी भवनसमेत बनाउने प्रतिवद्धता गरेको अध्यक्ष शेर्पाले बताए ।

भूकम्पका कारण पूर्ण रुपमा क्षति भएका विद्यालयमा पछिल्लो एक हप्तादेखि खुल्ला चौरमा अध्ययन–अध्यापन हुँदै आएको थियो ।

त्रिवेणी माध्यामिक विद्यालयको ६ कोठे भवन हस्तान्तरण भएसँगै जुनिचादे गाउपालिकामा रहेको शिवपुरी माध्यामिक विद्यालयको ६ कोठे भवन निर्माण सुचारु गरिने बताइएको छ । भवन निर्माणसँगै शैक्षिक सामाग्री हस्तान्तरण पनि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्