Logo

जनमतको प्रदेशदेखि वडासम्मको अधिवेशन मिति तय



काठमाडौं,१५ मंसिर । सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले पदेशदेखि वडासम्मको अधिवेशन मिति टुंगो लगाएको छ ।

जनमतले टुंग्याएको मिति अनुसार मंसिर १५ देखि माघ १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने उल्लेख छ । माघ १५ देखि फागुन १५ गतेसम्ममा पालिका अधिवेशन, चैत्र ३ गते जिल्ला अधिवेशन हुनेछ

त्यस्तै, ०८१ वैशाख २४–३० गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।



प्रतिक्रिया दिनुहोस्