काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई संबोधन गर्दैछन्।
बिहीबारदेखि यूएईको दुबईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरले नेपालले भोगिरहेका समस्याका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। जलवायु परिवर्तनको असरका कारण भएको नोक्सानीबापत पाउनुपर्ने क्षतिपूर्तीबारे पनि कुरा उठाउने प्रधानमन्त्रीको तयारी छ।
प्रधानमन्त्री प्रचण्डले कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ?’ शीर्षकमा उच्चस्तरीय छलफल पनि आयोजना गर्दैछन्।