Logo

आईटी आर्मीको नेतृत्वमा भ्रष्टाचारीलाई जनकारबाही गरिने



काठमाडौं, १६ मंसिर । आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीको केन्द्रीय कमिटी विशेष बैठक सम्पन्न भएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा संगठनका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बैठक बसको थियो ।

बैठकले संगठनको ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण आगामी पुस १४ गतेदेखी सुरु गर्ने निर्णय गरेको छ । साथै, वैदेशिक रोजगार पीडितको पक्षमा संघर्ष, भ्रष्टाचारीहरुलाई जनकारबाही, नेपाली नागरिकता परित्याग गरेका विदेशीहरुको सम्पत्ति कब्जा लगायतका संघर्षका कार्यक्रमहरु अगाडि बढाउनुपर्ने निश्कर्ष बैठकको रहेको छ ।

साथै, जनता दलका केन्द्रीय सचिव तेज नारायण चौधरी, नवनिर्मित नेपाली चलचित्र फिरौतीको निर्देशक रमेश मिजार र अभिनेताहरु सहितको सिंगै टीम, अखिल क्रान्तिकारीका नेता अनिल कुमार यादव लगायतको व्यत्तक्तिहरु आजपामा प्रवेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्