काठमाडौं,१७ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमसेर मियासहित तीन जनाले धरौटी बुझाएका छन् ।
आइतबार समितिका अध्यक्ष मियासहित नरेन्द्र केसी र हरिभक्त महर्जनले धरौटी बुझाएका हुन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस प्रकरणमा पक्राउ परेका २० जनामध्ये ६ जनालाई धरौटीमा र ४ जनालाई साधरण तारेखमा रिहाइ गर्न आदेश दिएको थियो ।
केसी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणँका स्वकीय सचिवसमेत हुन् ।तर पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका विषयमा भने आदेश बाझिएपछि निर्णय हुन सकेको छैन।
जसमा केसी र मियालाई समान १० लाख र महर्जनलाई १५ लाख धरौट माग गरेको थियो । धरौटी बुझाएसँगै उनीहरु आजै थुनामुक्त हुन सक्ने बताईएको छ ।