Logo

एनसेल प्रकरणमा संलग्न माथि छानबिन गर्न संयुक्त विद्यार्थी संगठनको माग, नभए संगठनहरु मिलेर कारवाही अघि बढाउने



काठमाडौं, मंसिर १९ । सयुंक्त विद्यार्थी संगठनले एनसेल प्रकरणमा संलग्न माथि छानबिन गरि कानूनको दायरामा माग गरेको छ ।

पछिल्लो समय मुलुकले आर्थिक मन्दीको सामना गरिरहेको अवस्थामा फेरि एनसेलसँग जोडिएको आर्थिक अपारदर्शीता, कर छली र कानूनविपरीत शेयर खरिद-बिक्रीको विषयले सयुंक्त विद्यार्थी संगठनलाई गम्भीर बनाएको जनाउँदै सुशासन, विकाश र अग्रगतीलाई बाधा पुर्याउने एनसेलका पछिल्ला गतिविधि माथि तत्काल अनुसन्धान र कारबाही गर्नसमेत सरकार समक्ष जोडदार माग गरिएको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष आरती लामा, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादव र अखिल (छैठौँ) का अध्यक्ष देवेन्द्र कुँवरद्वारा सामुहिक रुपमा सार्वजनिक विज्ञप्तिमा कानुन बमोजिम नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै अनुमति र स्वीकृति प्रदान गर्ने निकायहरूले देखाएको उदासीनता माथि पनि सरकारले कारबाही अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

संयुक्त विद्यार्थी संगठनले सरकारलाई गराईएको ध्यानाकर्षणलाई वेवास्ता गरिए एनसेल माथि स्वतःस्फुर्त कारबाही अघि बढाउने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुने समेत जनाएको छ ।
यस्तो छ सार्वजनिक विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्