Logo

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारततर्फ निर्यात



काठमाडौं, १९ मंसिर । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात रूुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रमअन्तर्गत यही मंसिर १६ गतेदेखि क्लिङ्कर औपचारिक कार्यक्रममाँझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरिएको कम्पनीले जनाएको छ ।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको उक्त क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजिओ तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको कम्पनीको भनाई छ ।
उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको उक्त उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ ।

व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे समूहको संयुक्त लगानीमा सिराहाको मिर्चैयामा अवस्थित उक्त उद्योगले ओपिसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्