काठमाडौं,१९ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुनेछ।
महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको हो । यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो। तर, उक्त समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले महाधिवेशन सार्नु परेको हो ।
त्यस्तै आजको बैठकले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गर्ने निर्णयसमेत गरेको छ ।