Logo

‘श्रवणदृष्टिविहीन अपांगता बालबालिकाहरुको लागि पहुँचयुक्त शिक्षा आवश्यक’ (भिडिओसहित)



काठमाडौं, २१ मंसिर । श्रवणदृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरुको पहुँचयुक्त शिक्षा आवश्यकतासम्बन्धी गोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीले विद्यालय तथा सुधार केन्द्रहरुमा दक्ष जनशक्तिको व्यवस्था गर्न सरकारसमक्ष अभिभावकहरुले माग गरेका छन् ।

श्रवण दृष्टिविहिन भएका बच्चाहरुको अभिभावकले विभिन्न विद्यालय तथा सुधार केन्द्रमा दक्ष जनशक्तिको अभावमा सिकाईस्तर राम्रो हुन नसकेकोले सरकारसमक्ष दक्ष जनशक्तिको व्यवस्था गर्न माग गरेको गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रतिक बहादुर केसीले उनीहरुको समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

तस्विर तथा भिडिओ : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्