Logo

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का रिहा भए, युवाहरुले गरे भव्य स्वागत



काठमाडौं, २१ मंसिर । शाही युवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्का रिहा भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी भएको आरोपमा आरवाईपीका अध्यक्ष खड्कासहित युवाहरु पक्राउ परेका थिए । उनीहरु आज साँझ रिहा भएका हुन् ।

काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतले आदेश दिएपछि उनीहरु आज रिहा भएका हुन् । यसरी रिहा हुनेमा शाही युवा शक्तिका अध्यक्ष खड्कासहित शतिष राजावादी, आभाष खड्का र गोकर्ण शाही रहेका छन् । रिहा भएका खड्कालाई जय देश, जय नरेशको नारा लगाउँदै युवाहरुको ठूलो पँक्तिले भव्य स्वागत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्