काठमाडौं, २४ मंसिर । छाला रोग विशेषज्ञ डा. प्रशन्न कुमार झाले धनुषा क्षेत्र नं. ३ का महिलाहरुका लागि स्वरोजगारमूलक तालिमको सुरुवात गरेका छन् ।
उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग समन्वय गरेर महिलाहरुका लागि स्वरोजगारमूलक तालिमको सुरुवात गरेका हुन् । हस्तकला सम्बन्धी, सिलाई बुनाई, खोलौना बनाउने लगायतका तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आफूले तालिमको ब्यवस्था गरेको उनले बताए ।
तालिममा बढिभन्दा बढि महिला दिदीबहिनीहरुलाई सहभागी गराउने योजना रहेको उनले बताए । तालिम पश्चात घरको काम गरेर बचेको समयमा आफूले सिकेको सीपको प्रयोगबाट घरमै बसेर आर्यआर्जन गर्न सकिने उनको भनाई छ ।
तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ । सीप सिकेपछि घरमै बसेर आयआर्जनका काम गर्न सकिने भएकाले उनीहरु उत्साहित देखिन्छन् ।