Logo

प्रस्तावित न्यायाधीश सारङगा सुवेदीविरुद्ध चिरञ्जीवीभक्त पौडेलको उजुरीः कर्तब्य ज्यान मुद्दाका दोषीलाई छाडेको आरोप



काठमाडौं, २४ मंसिर । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीले कर्तब्य ज्यान मुद्दाका दोषीलाई छाडेको भन्दै उजुरी परेको छ । आज (आईतबार) संसदीय समितिमा चिरञ्जीवीभक्त पौडेलले उनीविरुद्ध उजुरी दिएका हुन् । न्यायाधीश सुवेदीले वीरगञ्ज इजलासमा हुँदा न्यायाधीशको पदीय आचरण र मर्यादा विपरित विवादित आदेश दिएकाले उनी सर्वोच्चको न्यायाधीशका लागि योग्य नरहेको उजुरीकर्ताको दाबी छ ।

उजुरीकर्ता पौडेलले संसदीय सुनुवाई समितिलाई न्यायाधीशमा उनको नाम अस्वीकार गर्न आग्रह गरेका छन् । त्यसैगरी, आरती साहका दाजु प्रेम साहले पनि न्यायाधीश सुवेदीविरुद्ध उजुरी दर्ता गराएका छन् । उनले आरतीका हत्या प्रकरणमा जनकपुर उच्च अदालतमा हुँदा न्यायाधीश सुवेदी र किरणकुमार पोखरेलले प्रमाणको मुल्यांकन नगरी कसुरदारलाई साधरण तारेखमा छोडेको आरोप लगाएका छन् ।

साथै, उनले न्यायाधीश सुवेदीविरुद्ध कार्य क्षमताको अभाव रहेको, निर्णय गर्दा आर्थिक लेनदेनमा संलग्न भएको र न्याय सम्पादन गर्ने क्रममा विवादैविवादले घेरिएको भनी आरोप लगाएका छन् । उनले न्यायाधीश सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन नगर्न समितिलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्