Logo

एनसेल प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे युवा नेताहरुको पत्रकार सम्मेलनः कसले के भने ? (भिडिओसहित)



काठमाडौं, २५ मंसिर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मंगल थापाले देशमा ब्याप्त भ्रष्टाचार, अन्याय अत्याचारका विरुद्धमा युवाहरु लाग्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य भएरमात्रै समृद्ध नेपालको कल्पना गर्न सकिने बताए । साथै, उनले अहिले चर्चामा रहेको एनसेल प्रकरणमा कानुन बमोजिम लाग्न कर तिर्नुपर्ने बताए ।

‘एनसेललाई राज्यले नियमन गर्नुपर्छ । एनसेलले कर तिर्नुपर्छ । किनभने हामीलाई देश, जनताको र राष्ट्रको चिन्ता छ,’– उनले भने ।

उनले भ्रष्टाचारीहरुको कारबाही नेपाली जनताले चुनावमार्फत गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका नेता पुष्प शाहीले अग्रजहरुको त्याग, तपस्या र बलिदानीको कारण आज नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा रहेको बताए । आफूहरु जुन उद्देश्यकका साथ अगाडि बढेको भएपनि स्वभाविक रुपमा ती प्राप्त हुन नसकेको उनले बताए ।

हिजो राजसंस्थाले राज्य संयन्त्र चलाउँदा र आजको दिनमा आकाश जमिनको फरक रहेको उनले बताए । राज्य सञ्चालनको क्रममा विभिन्न काण्डहरु आउने बताउँदै उनले एनसेल काण्ड पनि सो क्रममा आएको बताए । देशमा कसैले पनि कर छल्न नपाइने उनले बताए । एनसेलले पनि कानुन अनुसार राज्यलाई कर तिर्नुपर्ने उनले बताए ।

एनसेलविरुद्ध सर्वोच्चमा रहेको मुद्दा जनताको पक्षमा फैसला हुनुपर्ने उनको माग छ । नेपाली कांग्रेस राजा र राजसंस्थाको पक्षमा नरहेको उनले बताए । माओवादीको विगत जे भएपनि आज कांग्रेसको एजेण्डामा आएको उनको टिप्पणी छ । नेपालमा अहिले कम्युनिष्टनै नरहेको उनको दाबी छ । कम्युनिष्ट विश्वबाट उन्मुलन हुने अवस्थामा रहेको उनले बताए ।

उनले प्रतिनिधि सभा सदस्य डा.अमेरेश कुमार सिंहतर्फ लक्षित गर्दै उनले युट्युब मोहका कारण विगतमा पनि विभिन्न नेता र उनका छोराछोरीमाथि आरोप लगाएको बताए । यदि प्रमाण छ भने उजुरी गर्न उनले सुझाव दिए । अन्यथा मिथ्या आरोप लगाउँदै नहिँड्न उनले चेतावनी दिए ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं वाईसिएलका केन्द्रीय सदस्य आरसी मैनालीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सचिवालयलाई मिथ्या आरोप लगाइएको बताए । परिवारनै क्रान्तिमा होमिएर प्रचण्डको परिवारले ब्यवस्था परिवर्तमा योगदान दिएको उनको दाबी छ ।

माओवादीले लडेर ल्याएको ब्यवस्थामाथि राजतन्त्रको नाममा कुठराघात गर्ने कोशिस भइरहेको उनले बताए । संघीयता, धर्मनिरपेक्षता र समानुपाति ब्यवस्थाको विरुद्धमा केही मानिसहरु लागिरहेको उनले बताए । वैद्धिक सनातन हिन्दुर्ध र राजतन्त्रको विषय दुर्गा प्रसाईँले शक्ति आर्जनको अभिप्रायले वकालत गरेको उनको आरोप छ ।

यो देशमा गाँस, बास, कपास, रोजगारीको पक्षमा माओवादी रहेको उनले बताए । गणतन्त्रको मुनालाई निमोठ्ने कोशिस भएमा आफूहरु चुप नबस्ने उनले बताए । राजावादीहरुको सपना ५०औं वर्षमा पनि पुरा नहुने उनको दाबी छ । देशलाई राजा चाहिएको नभएर विकास र समृद्धि चाहिएको उनले बताए ।

अमरेश अमर्यादित ब्यक्ति भएको उनको आरोप छ । गंगाले भ्रष्टाचार गरेको प्रमाण पेश गर्न उनले अमरेशलाई चुनौति दिए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विषयमा निर्मम भएर कारकाही गर्ने उनको भनाई छ ।

परिवर्तनकामी शक्ति माओवादीलाई समाप्त पार्नका लागि अमरेशजस्ता ब्यक्तिहरु लागिरहेको उनले आरोप लगाए । साथै, पूर्व माओवादीहरुलाई एकजुट हुनसमेत उनले अपिल गरे । अमरेशले गंगा दाहालमाथि लगाएको आरोपमा प्रमाण पेश नगरे नाङ्गेझार पारेर सडकमा ल्याउने उनले चेतावनी दिए ।

त्यसैगरी, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले गणतन्त्रबाट प्रस्टेसन भएर अहिले दैनिक ठूलो संख्यामा युवाहरुले देश छोडिरहेको बताए । नेपाली जनतालाई नसोधी नेपालको राजसंस्था हटाइएको बताउँदै उनले जनताले नै राजसंस्था फर्काउने बताए । राष्ट्रिय एकताको प्रतिकका रुपमा राजसंस्था अपरिहार्य रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस सर्लाहीका नेता विकास कुमार ठाकुरले डा. अमरेश कुमार सिंहको सम्पत्ति छानविन हुन आवश्यक रहेको बताएका छन् । अमरेशलाई कांग्रेसले पार्टीबाट निश्कासन गरेको उनको दाबी छ । अमरेशले विभिन्न बहाना बाजी गर्ने गरेको उनको भनाई छ । २०५७/०५८ सालमा स्पेलेन्डर मोटर साइकल चढ्ने हैसियत पनि नभएका अमरेश अहिले अर्बौंको मालिक रहेको उनको दाबी छ ।

१५ वर्षको अवधिमा अमरेशले रोजगार, काम, ब्यवसाय बिनानै अर्बौंको सम्पत्ति आर्जन गरेको आरोप लगाए । आफूले गरेको दलाली बिर्सेर उनले आफैंलाई राष्ट्रवादी घोषणा गरेको उनको दाबी छ । आफूले करिब नौ महिना अघिनै अमरेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धीकरण विभागमा उजुरी दिएको बताए ।

अमरेशले प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालमाथि मिथ्या आरोप लगाएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्