काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता पुष्प शाहीले अग्रजहरुको त्याग, तपस्या र बलिदानीको कारण आज नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा रहेको बताएका छन् ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु जुन उद्देश्यकका साथ अगाडि बढेको भएपनि स्वभाविक रुपमा ती प्राप्त हुन नसकेको बताए । तरपनि हिजो राजसंस्थाले राज्य संयन्त्र चलाउँदा र आजको दिनमा आकाश जमिनको फरक रहेको उनको भनाई छ ।
उनले राज्य सञ्चालनको क्रममा विभिन्न काण्डहरु आउने बताउँदै उनले एनसेल काण्ड पनि सो क्रममा आएको बताए । देशमा कसैले पनि कर छल्न नपाइने उनले बताए । एनसेलले पनि कानुन अनुसार राज्यलाई कर तिर्नुपर्ने उनले बताए ।
एनसेलविरुद्ध सर्वोच्चमा रहेको मुद्दा जनताको पक्षमा फैसला हुनुपर्ने उनको माग छ । नेपाली कांग्रेस राजा र राजसंस्थाको पक्षमा नरहेको उनले बताए । माओवादीको विगत जे भएपनि आज कांग्रेसको एजेण्डामा आएको उनको टिप्पणी छ । नेपालमा अहिले कम्युनिष्टनै नरहेको उनको दाबी छ । कम्युनिष्ट विश्वबाट उन्मुलन हुने अवस्थामा रहेको उनले बताए ।
उनले प्रतिनिधि सभा सदस्य डा. अमेरेश कुमार सिंहतर्फ लक्षित गर्दै उनले युट्युब मोहका कारण विगतमा पनि विभिन्न नेता र उनका छोराछोरीमाथि आरोप लगाएको बताए । यदि प्रमाण छ भने उजुरी गर्न उनले सुझाव दिए । अन्यथा मिथ्या आरोप लगाउँदै नहिँड्न उनले चेतावनी दिए ।