Logo

अमरेशले गंगा दाहालमाथि लगाएको आरोप पुष्टि नगरे नाङ्गेझार पारेर सडकमा ल्याउने वाईसिएलका नेता मैनालीको चेतावनी



काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं वाईसिएलका केन्द्रीय सदस्य आरसी मैनालीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सचिवालयलाई मिथ्या आरोप लगाइएको बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहलाई गंगा दाहालमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिए । प्रचण्डको परिवारनै क्रान्तिमा होमिएर ब्यवस्था परिवर्तमा योगदान दिएको उनले स्मरण गरे ।

माओवादीले लडेर ल्याएको ब्यवस्थामाथि राजतन्त्रको नाममा कुठराघात गर्ने कोशिस भइरहेको उनले बताए । संघीयता, धर्मनिरपेक्षता र समानुपाति ब्यवस्थाको विरुद्धमा केही मानिसहरु लागिरहेको उनले बताए । वैद्धिक सनातन हिन्दुर्ध र राजतन्त्रको विषय दुर्गा प्रसाईँले शक्ति आर्जनको अभिप्रायले वकालत गरेको उनको आरोप छ ।

यो देशमा गाँस, बास, कपास, रोजगारीको पक्षमा माओवादी रहेको उनले बताए । गणतन्त्रको मुनालाई निमोठ्ने कोशिस भएमा आफूहरु चुप नबस्ने उनले बताए । राजावादीहरुको सपना ५०औं वर्षमा पनि पुरा नहुने उनको दाबी छ । देशलाई राजा चाहिएको नभएर विकास र समृद्धि चाहिएको उनले बताए ।

अमरेश कुमार सिंह अमर्यादित ब्यक्ति भएको उनको आरोप छ । गंगाले भ्रष्टाचार गरेको प्रमाण पेश गर्न उनले अमरेशलाई चुनौति दिए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विषयमा निर्मम भएर कारकाही गर्ने उनको भनाई छ ।

परिवर्तनकामी शक्ति माओवादीलाई समाप्त पार्नका लागि अमरेशजस्ता ब्यक्तिहरु लागिरहेको उनले आरोप लगाए । साथै, पूर्व माओवादीहरुलाई एकजुट हुनसमेत उनले अपिल गरे । अमरेशले गंगा दाहालमाथि लगाएको आरोपमा प्रमाण पेश नगरे नाङ्गेझार पारेर सडकमा ल्याउने उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्