Logo

रुकुम पश्चिममा माओवादीले बनायो तीन हजार एक सय ६८ अस्थायी आवास



काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) ले रुकुम पश्चिममा तीन हजार एक सय ६८ वटा अस्थायी आवास निर्माण गरेको छ । पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री जनार्दन शर्माको नेतृत्वमा अस्थायी आवास निर्माण भएको केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले बताए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले रुकुम पश्चिममा ठूलो मानवीय एवं भौतिक क्षती पुर्याएको थियो । भूकम्प पश्चात नेता शर्मा उद्धार, राहत र अस्थायी आवास निर्माणमा निरन्तर सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्