Logo

मुख्यमन्त्री कार्कीलाई पहिचानवादीहरुले देखाए कालो झण्डा



काठमाडौं, २६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापामा पहिचानवादीहरुले कालो झण्डा देखाएका छन् । झापाको दमकमा लागूऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ गर्न जाने क्रममा मुख्यमन्त्री कार्कीलाई पहिचानवादीहरुले कालो झण्डा देखाएका हुन् ।

कोशी प्रदेश नाम खारेज हुनुपर्ने र पहिचानको आधारमा प्रदेशको नामांकन हुनुपर्ने भन्दै उनीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । उनीहरुले मुख्यमन्त्री कार्की सवार गाडीसमेत तोडफोडको प्रयास गरेका थिए । पहिचानवादीहरुको ढुंगामुडाबाट मुख्यमन्त्री कार्कीको गाडीमा सामान्य क्षती पुगेको उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्