काठमाडौं,२६ मंसिर । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर उपमेयरबीच विवाद हुँदा समर्थकहरु विभाजीत भएका छन् । जसले गर्दा दुबै पक्षका समर्थकबीच हात हालाहालको स्थिति सिर्जना भएको छ ।
मंगलबार दिउँसो पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो।
विवाद बढ्दै गएपछि महानगरपालिका कार्यालयमा मेयर राजेशमान सिंह र उपेमयर इम्तियाज आलम दुवै पक्षका समर्थकहरू भेला भएका थिए। समर्थकबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको छ। अहिले स्थिति सामान्य बन्दै गएको प्रहरीको भनाइ छ ।