काठमाडौं, २७ मंसिर । धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले काठमाडौं महानगरका मेयर र आफूबीचको सुमधुर रहेको बताएका छन् ।
हिजो काठमाडौं आएका मेयर साम्पाङले बालेनलाई भेटेका छन् । उनले बालेनलाई भेटेर केही समय गोप्य वार्तासमेत गरेका थिए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालेन र आफूको काम गर्ने शैली एकै भएको बताए । उनले बालेन आफूभन्दा ठूलो स्थानीय तहको मेयर भएकाले आफूसँग तुलना गर्न नमिल्ने समेत बताए ।
‘हाम्रो शैली एउटै हो । अझै म कडा हो । उहाँ महानगरपालिकाको मेयर, म उपमहानगरपालिकाको मेयर । देशको सबैभन्दा प्रमुख सहरको मेयर उहाँ । म दूरदराजको मेयर,’– उनले भने ।