Logo

एनसेल सेयर खरिद-बिक्री प्रकरणमा ठूलो भ्रष्टाचार भएको छ, सरकारमा बसेकाहरुले जिम्मा लिनुपर्छ : सांसद शर्मा



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले गाउँमा बसेका नेताहरुलाई अवसर दिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय सभामा पूरानालाई नभएर नयाँलाई अवसर दिनुपर्ने आवाज उठाएका छन् ।

कांग्रेस नेता शेखर कोइराला समूहको आज (बुधबार) काठमाडौंको बत्तिसपुतलीमा बसेको भेलामा संक्षिप्त भनाई राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले शेखर कोइराला समूहमा पनि शेखर र महामन्त्री गगन थापाबीच सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिएका थिए । उनले भने,‘१४ औँ महाधिवेशनको समूह एक राखेर अरू जोड्ने हो । शेखर बिना पनि समूह रहँदैन र गगन बिना पनि समूह रहँदैन । नेताहरूले समस्या छैन भन्नुभएको छ, तर समस्या छ ।’

पार्टीको आन्तरिक राजनीतिबारे धारणा राखेका शर्माले अहिलेको चर्चित एनसेल खरिद बिक्री प्रकरणबारे पनि आवाज उठाएका छन् । उनले उक्त प्रकरणमा ठूलो भ्रष्टाचार भएको कुरा आफूले भेलामा राखेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले भने,‘एनसेलको सेयर खरिद बिक्रीमा ठूलो भ्रष्टाचार भएको छ, यसमा नैतिक रूपमा हाम्रो पार्टी र सरकारमा भएका अरू पार्टीले जिम्मा लिनुपर्छ । समिति बनाउने कुरा ढाकछोप गर्ने कुरा हो ।’ file photo



प्रतिक्रिया दिनुहोस्