Logo

ब्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने कमल थापाको उद्घोष



काठमाडौं, २७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत मोर्चा बनाउन प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष थापाले गणतन्त्रको अन्त्य गरी राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि विचार मिल्नेहरुसँग एकता, सहकार्य, कार्यगत एकता साथै बृहत मोर्चा बनाउन प्रस्ताव गरेका हुन् ।

मोर्चा निर्माणको अवधारणामा सहमत भए सँगै मोर्चाको संरचना, निर्णय पद्दति, साधनश्रोतको परिचालन, कार्यक्रमको निर्धारण, ‘चेन अफ कमाण्ड’ लगायतका विषयमा आबश्यक कार्यविधि तथा कार्यविभाजन तयार गर्नुपर्ने उनको भनाइ छ ।

मोर्चा निर्माण र कार्यगत एकताका निमित्त राप्रपा नेपालले सम्बद्ध सबै पक्षसँग तत्काल वार्ता आरम्भ गर्ने उनले बताए । उनले संघीय गणतान्त्रिक व्यवस्था परिवर्तनका लागि आन्दोलन पनि गर्ने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्