काठमाडौं, २७ असोज । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्याल नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय नभत्काउन आदेश दिएको हो । साथै, आवश्यक प्रक्रिया पूरा गरेर उक्त भवनको नक्सा पास गर्नसमेत अदालतले भनेको छ ।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै गत साउन १२ गते महानगरले उक्त भवनमा डोजर चलाउने प्रयास गरेको थियो । सो दिन भवन भत्काउन सम्भव नभएसँगै महानगरको उक्त कार्यविरुद्ध अदालतमा रिट दायर भएको थियो ।