Logo

क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा भाटभटेनीले सार्वजनिक गर्यो ‘विन्टर भव्य अफर’



काठमाडौं, २७ मंसिर । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसमा भाटभटेनी सुपरमार्केटले एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत भाटभटेनीमा दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

साथै, पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने भाटभटेनीले विज्ञप्ति मार्फत जानकारी गराएको छ । उक्त योजना पुस १ गतेदेखि एक महिनासम्म लागू हुने बताइएको छ । ग्राहकहरुले भाटभटेनी सुपरमार्केटका २६ वटै स्टोरबाट उक्त योजनाको फाइदा लिनसक्ने बताइएको छ ।

भाटभटेनी सुपरमार्केटमा उपलब्ध रहेका एक लाख पचास हजारभन्दा बढी प्रकारका सामग्री खरिदमा ‘विन्टर अफर’मा दिइएको छुट प्राप्त गर्न सकिने बताइएको छ ।

व्यवसायीयले नाफा आर्जन गर्नेमात्रै नभई आम उपभोक्तालाई सहुलीयत दिने विषयमा पनि ध्यान पुर्याउनुपर्छ भनेर उक्त योजना सार्वजनिक गरिएको भाटभटेनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्