Logo

कांग्रेसमा राष्ट्रिय सभा निर्वाचनको टिकट बाढ्ने जिम्मा देउवालाई



काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचनका लागि टिकट वितरण गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । दल दर्ताको जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि बैठकले गरेको छ ।

आजकै बैठकले आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठकलाई फागुनसम्म धकेल्ने निर्णण भएको छ । महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने निर्णय कांग्रेसले गरेको हो ।



प्रतिक्रिया दिनुहोस्