Logo

आजपाको आम सम्पर्क मञ्चले भोलिदेखि भन्सार विभाग घेर्ने



काठमाडौं, ३० मंसिर । आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले भोलिदेखि भन्सार विभागमा धर्ना तथा घेराउ गर्ने भएको छ । आज (शनिबार) सम्पन्न आज आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजीको मागसहित पौष १ गते देखि भन्सार विभागमा धर्ना तथा घेराउ कार्यक्रम गर्ने निर्णय गरेको हो ।

काठमाडौंको अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न उक्त भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको छ ।

उक्त भेलाबाट नेकपा (एमाले) धादिङ जिल्लाकी नेतृ देवी पण्डित, नेपाली कांग्रेस सिरहा जिल्लाका नेता सत्यनारायण मण्डल लागायतका नेता कार्यकर्ताहरु आजपा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्