काठमाडौं, ३० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला भनिएका दलहरुहरुले मदन भण्डारी र वीपी कोइरालाको नाम बेचिरहेको आरोप लगाएका छन् ।
आज (शनिबार) राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफूहरुसँग बेच्नका लागि वीपी–मदन नभएको र केवल सुशासनका एजेण्डा र क्षमतावान मानिसहरु रहेका उनले बताए । रास्वपा सुशासन र क्षमतावान मानिसहरुको आडमा अगाडि बढिरहेको समेत उनको भनाई छ ।
उनले अहिले आफूहरुलाई भ्रष्टाचार र कुशासनका विरुद्ध रास्वपा बोल्नु पर्यो, सडकमा आउनुपर्यो भनेर जनदवाब आइरहेको उनले बताए । दैनिक भ्रष्टाचारका नयाँ-नयाँ काण्ड आइरहेको र आफूहरुले त्यसको खरो रुपमा विरोध गरिरहेको समेत उनले बताए । साथै, आगामी ०८४ को निर्वाचनमा रास्वपाले एकल बहुमत ल्याएर देशलाई भ्रष्टाचार मुक्त बनाउने समेत उनले बताए । File Photo/RN