Logo

एनसेल प्रकरणमा नेताहरुकै साँठगाँठमा अर्बौंको भ्रष्टाचार भएको शेखरको दाबी



काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल खरिद विक्री प्रकरणमा नेताहरुकै साँठगाँठ रहेको बताएका छन् । आज (शनिबार) विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म यति ठूलो भ्रष्टाचार हुन नसक्ने बताएका हुन् ।

अहिले देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढिरहेको समेत उनले बताए । एनसेल प्रकरणमा राजनीतिक दलका नेता, ब्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौंको भ्रष्टाचार भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्