काठमाडौं, १ पुस । बलात्कार आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् । काठमाडौंस्थित आफ्नै घरमा बस्ने १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक साता अघि उनी पक्राउ परेका हुन् ।
उनलाई प्रहरी वृत्त नयाँबानेश्वरले पक्राउ गरेको हो । उनी हिसिला यमी मन्त्री हुँदा देवकोटा उनको स्वकीय सचिव थिए । डा. बाबुराम भट्टराई, यमी लगायतले माओवादी छाडेपनि उनी भने माओवादीमै थिए ।