Logo

अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन : ओली



काठमाडौं, १ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिनको लागि आफ्नो दलले अब नेतृत्वदायी भूमिका खेल्नुपर्ने बेला आएको आवश्यकत्ता औंल्याएका छन् । पाँचथरको चिवाभन्ज्याङमा संकल्प यात्राको समापन गर्ने क्रममा ओलीले अहिले देश अलपत्र अवस्थामा रहेको भन्दै अब एमाले यसरी नै अलपत्र पर्न नदिने बताएका हुन् ।

उनले पार्टीको यो अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको दाबीसमेत गरे । ओलीले भने–‘सबैको एउटा निष्कर्ष अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन । अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पिडीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधरणा योगदान गरेको छ ।’

उनले समृद्धिका लागि पार्टीको (मंसिर १६ गतेदेखि पुष १ गतेसम्म) को संकल्प यात्रा शतप्रतिशत सफल भएको दाबीसमेत गरे । उनले एमाले चुनौतिहरुको सामाना गर्दै अरुले सोच्न नसक्ने काम गर्न सक्छ भन्ने अभियानले पुष्टि गरेको स्पष्ट पारे । ओलीले देशको विकासको लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको पनि बताउँदै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्