Logo

शिक्षाको लगानी कसैले खोस्न सक्दैनः अर्थमन्त्री महत



काठमाडौं, १ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५०ओें वार्षिकोत्सव स्वर्णजयन्तीमा मन्त्री महतले यस्तो बताएका हुन् ।

‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन,’– उनले भने ।

साथै, राजधानीको काठमाडौं नजिक भएर नुवाकोट पछि परेको उनको भनाइ छ । हुनेखाने पनि काठमाडौंतिरै बसाइ सरेको उनको गुनासो छ । जसका कारण नुवाकोटको शिक्षामा कसैले वास्ता नगर्दा पछि परेको पनि उनले बताए ।

साथै, आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको पनि उनले बताए । सीमित बजेट, अनावश्यक ठाउँमा धेरै खर्च भइरहेको अवस्थामा आफूले मन्त्री भएर कार्यभार सम्हालेको उनले बताए । आफूले समर्पण र इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेको समेत उनले बताए । आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्