Logo

सरकारको काम कारबाहीप्रति गगन असन्तुष्टः सयमा १० अंकमात्रै पाउने काम गरेको दाबी



काठमाडौं, १ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारको काम कारबाहीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । आज (आइतबार) पर्वत कांग्रेस पर्वत क्षेत्र नं. प्रदेश सभा (क) को सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको काम कारबाहीप्रति जनतामा चरम असन्तुष्टि बढेको बताएका हुन् ।

वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि रहेपनि एमालेको नेतृत्वमा सरकार बन्न नसक्ने उनले बताए । एमालेको नेतृत्वमा सरकार बनेमा फेरि संसद् विघटन हुने खतरा बढ्ने उनको भनाइ छ । अहिलेको सरकारले एक सयमा १० अंकमात्रै पाएको दाबी गर्दै उनले अब अंक बढाउने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘अहिलेको सरकारले एक सयमा १० अंकमात्र प्राप्त गर्ने काम गरेको हुँदा अब अंक बढाउने काम गर्नुपर्छ,’– उनले भने ।

साथै, उनले अब नेपाली कांग्रेसले निर्वाचन अघि कसैसँग पनि गठबन्धन गर्न नहुने बताए । गठबन्धन गर्दा कांग्रेसलाई नै घाटा भएको उनको भनाई छ । आगामी फागुनमा बस्ने पार्टीको महासमिति बैठकबाट निर्वाचनअघि गठबन्धन नगर्ने ब्यवस्था गर्न आफू लागि पर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्