Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी तीन विषयमा छलफल



काठमाडौं, पुस २ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। अहिले बिहान ११ः३० बजे पार्टी कार्यालय तिनकुनेमा बस्न लागेको बैठकमा दुई महिने सङ्गठन निर्माण अभियानबारे छलफल हुने जनाईएको छ।

आजको बैठकमा आगामी माघ १४ र १५ गते विधान मस्यौदामाथि छलफल गर्ने गरी केन्द्रीय परिषद् बोलाउने तयारीबारे समेत छलफल हुँदैछ ।

आजको सचिवालय बैठकमा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल र केन्द्रीय परिषद् बैठकको प्रस्ताव तयार पार्ने बताइएको छ।

यस्तै, बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न मापदण्ड बनाउनेबारे पनि विषयमा पनि छलफल हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्