Logo

राजदूत बन्ने चर्चामा नेपाल वायु सेवा निगमका पाईलट घिमिरे



काठमाडौं, २ पुष । लामो समयदेखि नेपाल वायु सेवा निगमको पाईलटमा कार्यरत उद्धव घिमिरेको नाम राजदूतको लागि चर्चामा छ । उनी निगममा गोल्ड मेडलिष्ट पाईलटको रुपमा चिनिन्छन् । अमेरिकाबाट पाईलट अध्ययन गरेका घिमिरेको नाम यतिवेला राजदूत बन्ने चर्चामा छ । उनी मलेसियाको लागि नेपाली राजदूत बन्ने दौडमा रहेको बुझिएको छ ।

हाल मलेसियाको लागि नेपाली राजदूत डिल्लीराज पौडेल छन् । उनी २०७९ असोजमा राजदूत भएका थिए । सरकारले केही देशका राजदूतलाई फिर्ता बोलाउने र त्यहाँ नयाँ राजदूत पठाउने तयारी गरेको बुझिएको छ । सरकारले छिट्टै राजदूत रिक्त रहेका देशमा राजदूत बनाएर पठाउने तयारी गरेको छ ।

उनी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका नेताहरुसँग राम्रो सम्बन्ध भएका पाईलटको रुपमा पनि परिचित छन् । विगत १७ वर्षदेखि नेपाल वायु सेवा निगममा कार्यरत घिमिरेले राजदूत बनेर देशको सेवा गर्ने चाहना राखेको उनीनिकटहरु बताउँछन् । खोटाङ स्थायी घर भएका पाईलट घिमिरे राजदूतको लागि योग्य मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्