Logo

एनसेलविरुद्ध अमरेशले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी



काठमाडौं, ३ पुस । एनसेल शेयर खरिद विक्री प्रकरणमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

प्रतिनिधि सभा सदस्य सिंहले एनसेल एक्जियाटा लिमिटेड कर्पोरेट कार्यालय काठमाडौं, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिँहदरबार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, र आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थियो ।

उक्त रिटमा यसअघि सात पटक पेशी चढेपनि पाँच पटक हेर्न नभ्याइनेमा परेको थियो । त्यसैगरी, एक पटक रिट निवेदककै कानुन ब्यवसायीले पेशी स्थगित गराएका थिए भने एक पटक बेन्च बस्न नभ्याएर पेशी स्थगित भएको थियो ।

आज (मंगलबार) सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलको लागि बोलाइएको छ । सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा आगामी पुस १६ गते बोलाएको छ ।

नेपालको कानुनी प्रक्रियालाई छलेर अपारदर्शी ढंगले एनसेलनको शेयर खरिद विक्री भएको भन्दै प्रतिनिधि सभा सदस्य सिंहले रिट दायर गरेका थिए । उनले एनसेल शेयर खरिद विक्रीलाई मान्यता नदिन माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्