Logo

कोशी प्रदेश सभाले छिट्टै सभामुख पाउँदै, राप्रपाले दियो विष्टको नाम



काठमाडौं, ४ पुस । कोशी प्रदेश सभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने भएको छ । राप्रपाले सभामुखमा प्रदेश सभा सदस्य अम्बरबहादुर विष्टलाई अगाडि सारेको छ । कोशी प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएदेखि प्रदेश सभा सभामुख विहीन छ ।

सत्ता गठबन्धन दलले राप्रपासँग सभामुखका लागि नाम मागेको थियो । जतिसक्दो चाँडो कोशीले सभामुख पाउने गरी तयारी भइरहेको बताइएको छ । सभामुख बन्नका लागि कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई प्रस्ताव आएको भएपनि उनले विष्टलाई सिफारिस गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्