काठमाडौं, ४ पुस । पशुपति क्षेत्र विकास कोषका एक सयभन्दा धेरै सल्लाहकारहरु हटाइएका छन् । आज (बुधबार) बसेको कोषको परिषद् बैठकले सल्लाहकारहरु हटाउने निर्णय गरेको हो ।
उनीहरु विभिन्न समयमा नियुक्त भएका थिए । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउनेहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्नेसमेत निर्णय गरेको छ ।
आजको बैठकबाट हटाइएका सल्लाहकारहरु राजाको पालादेखिका रहेको बताइएको छ ।