काठमाडौं, ५ पुष । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले अहिलेको संविधान पनि नमान्ने अधिकार जनतालाई रहेको टिप्पणी गरेका छन् । संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्तिलाई लिएर आक्रोशित लिङ्देनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले आफूहरु मन्त्री किरातीका त्यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध रहेको पनि उद्घोष गरेका छन् ।
उनले सञ्जालमा लेखेका छन्-
केरे केरे …???
क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन् . … यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो।
अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त…. याद गरौं क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई छ। हामी यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ । file photo