Logo

बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्छु : अध्यक्ष ओली



काठमाडौं, पुस ६ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालबालिकाहरुसँगको तस्वीर राख्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘भविष्य !भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ। जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु। उनीहरू देशका भविष्य हुन्।
शुभ बिहानी!’



प्रतिक्रिया दिनुहोस्