काठमाण्डौं, पुस ८ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज चार वटा खेल हुँदैछन् । अहिले विहान ९ बजेदेखि कीर्तिपुरमा मधेस र कोशी प्रदेश तथा मूलपानीमा लुम्बिनी र एपीएफ सुरु भएको छ ।
त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा कर्णाली र सुदूरपश्चिम तथा मूलपानीमा बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।
लगातार दुई खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ४ अङ्क छ । त्यस्तै, एकरएक खेल जितेका सुदूरपश्चिम, गण्डकी, बाग्मती र लुम्बिनी समान दुई अङ्कसहित क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार दुई खेल हारेका छन् ।