Logo

सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा,अर्को सुनुवाइ बुधबार



काठमाडौं,८ पुस । क्रिकेट सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा भएको सुनुवाइमा न्यायाधीश ढकालले बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।  भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुनेछ ।

यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ ।

पछिल्लो पटक गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्