Logo

बेँसीसहरमा चरी बाघ फेला



लमजुङ, पुस ९ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराको गाजमा लुकेर बसेको अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।

उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए । पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएका थिए ।

डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जंगलमा लगेर छोडिएको बताए । उनले भने, “आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ । मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उनको भनाइ छ । जीवितै उद्धार गरेकाले जंगलमा छाडिएको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्