काठमाडौं, ९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व गरेको भोलि पुष १० गते मंगलबार एक वर्ष पुग्दैछ ।
सोही अवसरमा प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जनताको नाममा सम्बोधन गर्ने भएका हुन् ।
सम्बोधन भने दिउँसो ३ बजे हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा भएका यो एक वर्षका कामका फेहरिस्त सार्वजनिक गर्नेछन् । file photo