Logo

माओवादी नेताको जिकिरः रातारात कुनै उपलब्धि हुँदैन, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सरकार सफल



काठमाडौं, पुस १० । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश शाहले वर्तमान सरकारले सुशासनका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्ष पुरा हुँदा ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, विमानस्थलबाट हुने सुन तस्करी प्रकरण लगायतमा काम गरेर भ्रष्टाचार नियन्त्रणमा सरकार प्रयत्नरत रहेको उनको भनाई छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै शाहले रातारात कुनै उपलब्धि नहुने बताउँदै अहिले देशको अर्थतन्त्र पनि सुधारको लयमा रहेको जिकिर गरे। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पनि अहिले राम्रो रहेको र मैत्रीपूर्ण सम्बन्ध बिस्तार गर्ने प्रयास गरिरहेको उनको भनाई छ ।

अहिलेको संविधान र निर्वाचन प्रणालीबाट आउने सरकारले तीव्र गतिमा काम गर्न नसक्ने बताउँदै शाहले प्रधानमन्त्री प्रचण्डले इमान्दारीताकासाथ प्रयास गरिरहेको औंल्याए। मिटर ब्याजीहरूलाई नियन्त्रण गर्नु सरकारको सबैभन्दा राम्रो काम रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्